‍उदारवादीहरू फेरि लज्जित हुनु नपरोस्

सेतोपाटी

काठमाडौँ

मुराहरि पराजुली

अहिले उदारवादको फेसन उत्कर्षमा छ। आफ्नो वरिपरि भइरहेका घटनामा सत्ता बेखबर भए पनि इत्तर पक्ष दुःखी छ। महामारी व्यवस्थापनमा सरकार चुक्दा गरिखाने वर्गले पाएको दुःख देखेर 'सुकिला मुकिला' चिन्तित छन्, लज्जित छन्। उनीहरूको मन पीडाले विचलित छ।

यो उदारवादीहरूको दीर्घकालीन समस्या हो। उदारवादीहरू अहिंसा, समानता, स्वतन्त्रता, बन्धुत्व लगायत सकारात्मक सामाजिक मूल्यमा विश्वास गर्छन्। समाज संगठित गर्ने खेलको नियम बनाइसकेपछि सबैले त्यही नियम पालना गर्छन् र समाज अघि बढ्छ भन्ने उनीहरू विश्वास गर्छन्। हाम्रा उदारवादीले पनि त्यही विश्वास गरे, गर्दै आएका छन्।

उदारवाद शब्दले भ्रम सिर्जना गर्छ। यसको उपयोग धेरैले गरेका छन्। समाजमा असल देखिन खोज्ने धेरैले यो अवधारणाको आश्रय लिइरहेका हुन्छन्। कहिलेकाहीँ समाजवादी र उदारवादीबीच भेद पहिल्याउन पनि गाह्रो हुन्छ। उनीहरूले प्रायः कल्याणकारी राज्यको पक्षमा आफूलाई उभ्याएका हुन्छन्।

यहाँ उदारवादी भनेर बेलायतको लेबर पार्टी र जेरेमी कर्बिन वा अमेरिकाको डेमोक्र्याटिक पार्टी र बर्नी स्यान्डर्स मार्का समूहलाई भन्न खोजिएको हो। उनीहरू कहिले आफूलाई उत्पादनका साधनको सामूहिक स्वामित्व र उत्पादित वस्तुको न्यायोचित वितरण हुनुपर्ने वामपन्थीजस्तो देखाउँछन्। कहिले जे मुद्दा हात पर्‍यो, त्यसैलाई चर्काउने 'अकुपाई वाल स्ट्रिट' का अभियन्ताजस्ता दक्षिणपन्थीजस्तो देखा पर्छन्। पुँजीवाद, फाँसीवाद वा प्रियतावादलाई आलोचना गर्ने प्रसंगमा उनीहरूको अभिव्यक्ति र घोषित नीतिमा भने एकरूपता देखिन्छ।

प्रकाशित मिति: : 2020-05-26 20:24:24

प्रतिकृया दिनुहोस्