बिएल संवाददाता
चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ। उनी ९८ वर्षका थिए।
यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो। उनले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेलेका थिए।
उनी पूर्व पोर्चुगाली उपनिवेश मकाउकै सर्वाधिक धनी व्यक्ति हुनुहुन्थ्यो। उनको चीन र हङकङमा समेत ठूलै प्रभाव थियो, तर अमेरिकी अधिकारीहरुका अनुसार स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको थियो।
अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए।
तर स्टान्ले आफैंले भने क्यासिनो नखेलेको विश्वास गरिन्छ।
एसोसिएटेड प्रेसले सन् २००१ मा लिएको अन्तर्वार्तामा स्टान्लेले भन्नुभएको थियो, ‘म जुवा खेल्दिनँ। मलाई त्यति धैर्य नै हुँदैन। यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन। यो घरभित्र खेलिने खेल हो, र यो घरभित्रै सीमित हुन्छ।’
स्टान्लेले क्यासिनोजस्ता मनोरञ्जन उद्योगदेखि हेलिकप्टर सेवा, होटल, डिपार्टमेन्ट स्टोर, मकाउको विमानस्थल र घोडादौड कोर्समा लगानी गर्नु भएको थियो।
उनको सन् २००९ मा मस्तिष्कको शल्यक्रिया गरिएको थियो, र त्यसपछिका दिनहरुमा उनी अक्सर ह्वीलचेयरमा सार्वजनिक समारोहमा देखिने गर्थे। पछिल्ला दिनहरुमा उनी आफ्ना सन्तानलाई सम्पत्तिको बाँडफाँडका विषयमा तनाबमा पर्थे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया