बिएल संवाददाता
जिल्ला अस्पतालमा एक हप्तादेखि अवरुद्ध रहेको एक्स–रे सेवा पुनःसञ्चालनमा आएको छ। मेसिन बिग्रेर अवरुद्ध भएको एक्स–रे सेवा आजदेखि सञ्चालन भएको हो।
जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीका अनुसार बिग्रिएको मेसिन मर्मतपश्चात् सञ्चालनमा आएको हो।
'हातखुट्टा भाँचिएमा र छातीको एक्स–रे गर्नका यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो' उनले भने, 'एक्स–रे सेवा सञ्चालन भएसँगै उक्त सेवा लिनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ।'
लकडाउनका बेला बाहिरी जिल्ला जानसमेत समस्या हुने गरेको भए पनि सेवा सञ्चालन हुँदा उक्त सेवा लिने बिरामीलाई सजिलो भएको उनको भनाइ छ।
जिल्ला अस्पतालमा आकस्मिक कक्ष २४सैँ घण्टा, कोरोना क्लिनिक १०ः०० देखि ३ः०० बजेसम्म र ओपिडी सेवा पनि उपलब्ध रहेको जनाइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया