बङ्गालको खाडीमा उत्पन्न चक्रवातको नेपालमा पनि प्रभाव, यस्तो छ मौसमविद्को सुझाव (भिडियो)

रातोपाटी

काठमाडौँ

बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली अम्फान चक्रवातको नेपालमा पनि सामान्य असर देखिने मौसमविदले बताएका छन् । गत शनिवारदेखि सुरु भएको यो चक्रवात आजदेखि जमिनमा ठोक्किएर आउँदो शनिवारसम्म यसको प्रभाव रहने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार संसदमा उभिएर सरकारले केही दिनभित्रै नयाँ नक्सा जारी गर्ने प्रस्ट पारिसकेका छन् । तर के नक्सा जारी गर्नु नै सबैथोक हो त ? नक्सा जारी गरेर मात्रै अतिक्रमति भूमि फिर्ता आउँछ त ? अवस्य आउँदैन । त्यसका लागि शासकीय क्षमता र कूटनीति अवस्य चाहिन्छ ।

गत जेठ २ गते सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत नीति तथा कार्यक्रममै उक्त भूमि नेपालको भएको र सो भूमि सरकारले फिर्ता गर्ने घोषणा गरिएको थियो । नीति तथा कार्यक्रमको सोही घोषणाअनुसार जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने र सबै सरकारी, प्रशासनिक प्रयोगमा ल्याउने निर्णय गरेपछि नेपाली राजनीतिमा तरङ्ग नै छाउन सुरु भयो । धेरैले सरकारको यो कदमलाई स्वागतयोग्य कदमका रूपमा लिएका छन् त कतिपयले यसलाई सरकारको तमासा भन्दै भारतसँग कुरै नगरी यसरी निर्णय गर्नु उचित नभएको समेत भन्न भ्याएका छन् । अझ कतिपयले त कोरोना महामारीको पीडाबाट जनताको ध्यान मोड्न सरकारले यस्तो निर्णय गर्न पुगेकाले यो टिकाउ हुनै नसक्नेजस्ता अभिव्यक्तिहरु दिइरहेका छन् । तर जानकारहरु सरकारले आफ्नो भूमि फिर्ता लिन नक्सा सार्वजनिक गर्ने निर्णयलाई ‘फस्ट स्टेप’का रूपमा लिँदै अब अघि बढ्दा अपनाउनुपर्ने उपाय र सावधानीका बारेमा नेपाली पक्ष थप सचेत हुन भने जरुरी रहेको बताउँछन् ।

प्रकाशित मिति: : 2020-05-20 13:31:06

प्रतिकृया दिनुहोस्