कोरोनाभन्दा भोक पो डरलाग्दो हुँदोरहेछ (फोटो फिचर)

थाहा खबर

दार्चुला

पदम बडाल
अहिले विश्वका धेरै मानिसहरू घरभित्रै थुनिएका छन्‌। कोरोना भाइरसले महामारीको रूप लिएपछि अधिकांश देशमा लकडाउन छ। यसको सबैभन्दा मार विपन्न र दैनिक ज्यालामजदुरी गरी जीवन धान्ने निम्नवर्गीय मानिसहरूलाई परेको छ। 

दैनिक मजदुरी गरेर भोक टार्नेहरुलाई भने न कोरोनाको त्रास छ न लक डाउनको डर नै। महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगडको महाकाली किनारमा बालुवा निकाल्दै गरेकी दुर्गा लोहारलाई पनि देशमा लक डाउन चलेको र विश्वमा कोरोनाको संक्रमण फैलिएको थाहा नभएको होइन, तर चार छोराछोरीको भोको पेटले उनलाई न घरमा बस्न दिन्छ, न अरुसँगै महाकाली किनारबाट बालुवा निकाल्न रोक्छ। उनी भन्छिन्, ‘भोको मर्नुभन्दा त रोगले मर्नु निको।’
 

प्रकाशित मिति: : 2020-05-19 08:49:15

प्रतिकृया दिनुहोस्