डा. कार्कीले दिए काठमाडौं प्रहरीमा जाहेरी

बिएल संवाददाता

काठमाडाै‌ं

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएका छन्। सा‍ेमबार बिहान उत्तम कार्कीविरुद्धकाठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकाे प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको बताए। उनले पीडितका तर्फबाट सोमबार बिहान जाहेरी परेको पुष्टि गरे। 

डा. कार्कीले आफूमाथि प्रहरीले समेत दुव्र्यवहार गरेको बताए पनि जाहेरीमा भने त्यो कुरा उल्लेख गरेका छैनन्।

शुक्रबार बिहान ती युवकले हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा. कार्कीलाई नागढुंगामा गाडी रोकेर दुव्र्यवहार गरेका थिए। 

 प्रहरी नजिकै रहेका ती युवकले डा.कार्की सवारी पास नबोकेको भन्दै डा. कार्कीलाई रोकेको थियो। त्यसपछिझोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए।

पछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए। घटनाको दुई दिनपछि आइतबार ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

 

याे पनि                                                                                                                                                                      स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा फेसबुके पत्रकार पक्राउ


 

प्रकाशित मिति: : 2020-05-18 13:24:00

प्रतिकृया दिनुहोस्