‘आपतकाल’ हटाउँदै गएको युरोप र लकडाउनमा फसेको नेपालको अबको बाटो

लोकान्तर

काठमाडौँ
सन्तोष अधिकारी

'हो,  स्वतन्त्रता सबै कुरा होइन, तर सबै कुरा भएर पनि स्वतन्त्रता छैन भने त्यसको कुनै अर्थ छैन’ जर्मनको बर्लिनमा लकडाउनको विरोधमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीले भनेका छन्, ‘म मेरो पूर्ववत जीवनमै फर्कन चाहन्छु ।’

२५ अप्रिलको रोयटर्समा प्रकाशित सो समाचारमा पदर्शनकारीले संवैधानिक अधिकारको संरक्षण र प्रयोग गर्न पाउनुपर्ने माग गरेको उल्लेख गरिएको छ ।

जर्मनीमा मात्र होइन महामारीबाट अति नै प्रभावित भएका इटालीयनहरू पनि विस्तारै कठोर कडाईंको विरोधमा बोल्न थालेका थिए । साना, ठूला व्यवसायीदेखि सर्वसाधारणसम्मले कोरोना आपातकालको अन्त्यका लागि स्पेन, फ्रान्स जस्ता देशमा पनि विस्तारै सडकमै आवाज उठाउन थालेका थिए । 

अर्कातर्फ सामजिक सञ्जाल र सञ्चारमाध्यममार्फत पनि युरोपीयनहरूले आपातकाल खुकुलो बनाउन तीव्र दबाब दिँदै आएका थिए । फलस्वरूप १८ मे बाट करीब–करीब कठोर लकडाउनको अन्त्य गर्दै युरोपीयनहरू सामान्य जनजीवनतर्फ फर्कन प्रयास गरिराखेका छन ।

प्रकाशित मिति: : 2020-05-18 11:58:59

प्रतिकृया दिनुहोस्