खेलाँची होइन कोरोनाभाइरस : चीन, कोरिया र जर्मनीमा फेरि संक्रमणले टाउको उठाउँदै

अर्थतन्त्र जोगाउने नाममा गरिन थालिएको खुकुलोपना घातक हुने चेतावनी

रातोपाटी

काठमाडौं

कोरोनाको संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो बनाउँदै गएको चीन, जर्मनी र दक्षिण कोरियामा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । यसले लकडाउनलाई खुकुलो बनाउँदै गएका तथा बनाउने तयारी गरिरहेको युरोप, अमेरिका लगायत विश्वभरिकै देशहरुमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने खतराको घण्टी बजाइदिएको छ ।

अहिलेसम्म संसारभरिमा कोरोनाले ४२ लाख बढीलाई संक्रमित तुल्याइसकेको छ भने यसैको कारण २ लाख ८४ हजार बढीको मृत्यु भइसकेको छ । अप्रिल महिनाको अन्त्यतिर कोरोना संक्रमितको संख्या विश्वव्यापी रुपमै कम हुँदै गइरहेकोमा अहिले फेरि त्यो बढ्न थालेका छ । यतिखेर कोरोनाको संक्रमण पश्चिम युरोप र अमेरिकाबाट अफ्रिका, दक्षिण अमेरिका, दक्षिण एशिया र पूर्व सोभियत संघका देशहरुमा फैलिँदै गइरहेको देखिन्छ ।

प्रकाशित मिति: : 2020-05-13 08:21:04

प्रतिकृया दिनुहोस्