सिमानामा काँडेतार लगाउन सत्तारुढ दलका युवा संघ र विद्यार्थी संगठनकाे माग

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संघ र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न सरकारसँग माग गरेको छ।

आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले आग्रह गरेको हो।

युवा संघ र विद्यार्थी संगठनले गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

उनीहरुले संगठनले तत्काल कुटनीतिक पहल गरी मिचिएका भूमि फिर्ता गर्न गराउन विशेष पहल लिन माग गरेका छन्।

प्रकाशित मिति: : 2020-05-10 15:59:30

प्रतिकृया दिनुहोस्