सीमा नाकामा रोकिएन ओहोर–दोहोर: लकडाउन तस्करलाई काइदा !

रातोपाटी

काठमाडौँ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको छ । लकडाउनका लागि सबै नाकाहरु बन्द छन् । हवाई उडानहरु बन्द छन् । धेरै ठाउँमा सिलबन्दी गर्नुको साथै आवतजावतमा पूर्ण बन्देज लगाइएको छ । 

तर नेपाल–भारतको खुल्ला बोर्डरका कारण दुई देशका जनताले एक अर्काको देशमा गरिरहेको ओहरदोहर नियन्त्रण गरिएको छैन । अहिले पनि कुनै नकुनै बहानामा भारतबाट नेपाल र नेपालबाट भारत दिनहुँ जस्तो आउजाउ भइरहेका छन् । 

सबभन्दा बढी हैरान तस्करहरुले पारेका छन् । तस्कारहरुले सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई मिलाउर राति तथा दिउँसो मालसमान ओहरदोहोर गर्नुको साथै मान्छे पनि आउन जाने गरेका छन् ।

प्रकाशित मिति: : 2020-05-09 18:25:42

प्रतिकृया दिनुहोस्