लकडाउनमा दुईमहिने सुत्केरीको बिचल्ली

बुढानीकलकण्ठ नगरपालिका, हात्तीगौँडामा बाँस र प्लास्टिकले बेरिएको छाप्रोको आँगनमा बसेर अघिल्लो साँझको भात खाइरहेकी छिन् नौ वर्षीया सिर्जना राई । मानव अधिकारका लागि महिला नामक संस्थाले दिएको यो भात सिर्जनाले अघिल्लो साँझ लिएर आएकी हुन् ।

घरमा खाना सकिएपछि सिर्जना आफू, आफ्ना आमाबुबाका लागि यसरी हरेक साँझ खाना लिएर आउँछिन् । सिर्जनाकी आमा गीता राई सुत्केरी भएको साढे दुई महिना पुग्यो ।

गीता र उनका श्रीमान् शंकर राई निर्माण मजदुरको काम गर्थे । गर्भवती भएदेखि गीताले काम गर्न पाइनन् । ‘दुईजनाले काम गरेको भए कोठामा अन्न हुन्थ्यो, एक्लैले काम गरेपछि त नहुने रै’छ,’ गीता भन्छिन् । श्रीमान् एक्लैको कमाइले गर्दा उनीहरूले कोठामा अन्न जोड्न सकेनन् ।

प्रकाशित मिति: : 2020-05-06 20:18:12

प्रतिकृया दिनुहोस्