कृषिमा रमाउँदै वैदेशिक रोजगारीबाट फर्किएका युवा

कोरोना भाइरसको महामारीका कारण विश्वभरनै धेरैको रोजगारी संकटमा परेको छ। नेपालबाट रोजगारीका लागि विभिन्न देश पुगेका युवाहरु प्नि अहिले रोजगारीको संकट भोगिरहेका छन्। नेपालमा पनि कयौंको रोजगारी गुमेको छ भने कतिको संकटमा परेको छ। तर, वैदेशिक रोजगारीको हण्डर खेपेर स्वदेश फर्किई आत्मनिर्भर बनेका युवाहरु भने अहिले संकटका बेला पनि पौरख गरिरहेका छन्।

कृषि तथा पशुपालनमा लगानी गरेका युवाहरु अहिले भनिरहेका छन्, विदेश नगएकै जाती भयो। लामो समय दुबई तथा मलेसियमा काम गरेर फर्किएका कमल गाउँपालिका–६ का गणेश बस्नेत अहिले आफ्नै शंखडुब्बा एग्रो प्रालिमा व्यस्त हुन्छन्। वैदेशिक रोजगारीमा लामो समय बिताएर फर्किएका उनी अहिलेको संकटमा आफ्नै फार्ममा बाख्रा स्याहार सुसारमा व्यस्त छन्। उनले भने, ‘अहिले हेर्दा त विदेश नगएकै जाती भयो। अहिले आफ्नै फार्ममा काम गर्न पाइया छ।’ उनले फर्ममा बोयर, विटल जातका बाख्रा पालेका छन्। स्थानीय जातका कुखुरा पनि छन्। बजार खोज्ने हैरानी पनि छैन। पाठा पाठी र चल्लाको माग धान्ननै कठिन भएको उनले सुनाए।
 

प्रकाशित मिति: : 2020-05-05 08:49:15

प्रतिकृया दिनुहोस्