नेकपा अध्यक्षद्वयको आत्मालोचना र अबको राजनीति

थाहा खबर

काठमाडौँ

निर्मल भट्टराई
नेकपामा विगत केही समयदेखि भुसको आगोजस्तो बनेर बसेको अन्तरसंघर्ष त्यतिबेला उत्कर्षमा पुग्यो, जतिबेला सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक आयोगसम्बन्धी दुई अध्यादेश हठात जारी गर्यो। पार्टीसँग कुनै सरसल्लाह नगरी ल्याएको भनिएका ती अध्यादेश पार्टीभित्र र बाहिरको व्यापक दबाबपछि साता नबित्दै खारेज भए। तर नेकपामा त्यसको कडा ह्याङ्ओभर रहिरह्यो।

यही विषयलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने भन्‍ने पार्टीको सर्वोच्च निकाय पार्टी सचिवालयभित्रबाट दवाव सिर्जना गरियो। हस्ताक्षर संकलनमार्फत पार्टी स्थायी कमिटीको बैठक बोलाउने र सो बैठकमा प्रधानमन्त्रीलाई राजिनामा दिन बाध्य पार्ने भनिएको थियो।

पार्टी अध्यक्षद्वय के पी शर्मा ओली र पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो सचिवालयको बैठकमा सामान्य आत्मआलोचना गरेर सौहार्द्रतापूर्वक सम्पन्‍न भएको छ। सरकारको तर्फबाट र पार्टीको तर्फबाट भएका कमीकमजोरीप्रति गरिएको सो आत्म–आलोचनाले दूरगामी अर्थ र महत्व राख्दछ।
 

प्रकाशित मिति: : 2020-05-04 17:46:43

प्रतिकृया दिनुहोस्