कोरोनाको कहरमा अर्थतन्त्रको त्रास : खारेज गरौं सांसद विकास कोष

पहिलोपोष्ट

काठमाडौँ

विमल गौतम

अहिले विश्व बहसमा कोरोना छाएको छ। नेपालमा भने राजनीतिक भद्रजनहरूको लाजनीतिको चर्चा छ। मानिस कोरोना र यसले उत्पन्न परिस्थिति भन्दा पनि नेपालको वर्तमान राजनीतिक दाउपेचमा ज्यादा चिन्तन गरिरहेका छन्। यो बाहेक पनि नेपालमा अहिले बजेटको तयारीको विषय छ, जुन छाँयामा छ।

बजेटले कोरोनाको कारणले थला परेको देशको अर्थतन्त्र कसरी सम्हाल्ने हो हेर्न बाँकी छ। देशको सत्ता सम्हालेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आर्थिक बहसमा छैन। लाग्छ, नेकपालाई देशभन्दा पनि कसलाई कुर्सीमा पुर्‍याउने र कसलाई हटाउने भन्ने चिन्ता धेरै छ। त्यसैपनि कोरोना पीडित प्रति सरकारको उदासीनता छताछुल्ल छँदै छ।

प्रकाशित मिति: : 2020-05-04 09:08:49

प्रतिकृया दिनुहोस्