२१% क्षेत्रको वृद्धि ऋणात्मक, अन्य क्षेत्रको वृद्धिले अर्थतन्त्र ३ खर्बले बढ्ने

लोकान्तर

काठमाडौँ

स्थायी सरकार बनिसकेपछि पनि उल्लेख्य काम हुन नसकेको भनेर आलोचना गर्नेलाई सरकारले लगातार तीन वर्षयता भएको ६ प्रतिशतमाथिको आर्थिक वृद्धिदर देखाउने गरेको थियो ।

कोभिड–१९ को सन्त्रासअघिसम्म चौथो वर्ष पनि ६ प्रतिशतभन्दा माथि हुने भन्दै दिगो वृद्धिको आधार खडा भएको सरकारी अधिकारीले जनाउँथे । अब ‘दिगो वृद्धिलाई कोरोनाले छेक्यो’ भन्ने आधार खडा भएको छ । अर्थात् केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक’ अनुसार यस वर्ष नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) को वृद्धि २.२७ प्रतिशत (आधारभूत मूल्यमा) मात्र हुने अनुमान छ ।

प्रकाशित मिति: : 2020-04-30 09:00:55

प्रतिकृया दिनुहोस्