आर्थिक वृद्धि २.२७ प्रतिशतमात्रै

बालकृष्ण ज्ञवाली 

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक क्रियाकलापमा सुस्तता आउँदा यो वर्ष मुलुकको अर्थतन्त्र २.२७ प्रतिशतले मात्र बढ्ने देखिएको छ।

विनाशकारी भूकम्पका कारण आर्थिक वर्ष २०७२–०७३ मा ०.२ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धि त्यसपछिका वर्षमा तंग्रिन थालेको थियो। भूकम्प आएको ५ वर्षपछि देखिएको कोरोना समस्याले फेरि अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको छ। सरकारले बजेट सार्वजनिक गर्दा चालु वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो।

प्रकाशित मिति: : 2020-04-30 07:51:22

प्रतिकृया दिनुहोस्