भुटानी अभिनेत्री उगेनको कामना : छिट्टै सकियोस् संक्रमण, सुरु होस् काम र जान पाइयोस् नेपाल

पहिलोपोष्ट

काठमाडौँ

स्वेच्छा राउत

भुटानी अभिनेत्री उगेन छोदेन बेग्लै उर्जा बोकेर नेपाल आएकी थिइन्। धेरै उत्साह थियो किनकि उनी अभिनित पहिलो नेपाली फिल्मको छायाँङ्कन सुरु हुँदै थियो। थोरै डर चाहिँ थियो किनकि नयाँ ठाउँमा नयाँ टिमसँगको सहकार्य कस्तो पो होला?

उत्साह र अन्यौलता बीच दुई कुराले आत्मविश्वासी बनायो छोदेनलाई। पहिलो अभिनयप्रतिको रुची र दोस्रो नेपाली भाषा।

राष्ट्रिय भाषा जोङ्खा भए पनि भुटानमा प्राय मानिसले नेपाली भाषा बुझ्छन् र बोल्छन् छोदेनका लागि त्यही दोस्रो भाषा नेपाली फिल्म इन्डस्ट्रीसम्मको सेतु बन्यो। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्‍न लागेको फिल्म 'दुई नम्बरी'मा अभिनय गर्दै थिइन्, उनी। त्यसैको छायाँङ्कनका लागि नेपाल आएकी थिइन्।

प्रकाशित मिति: : 2020-04-29 08:55:35

प्रतिकृया दिनुहोस्