छापामा कस्तो बन्ला जनता समाजवादी ?

लोकान्तर

काठमाडौँ

राजपा र समाजवादीले एकीकरण घोषणा गरेको एक साता पुग्दासमेत पार्टी (जनता समाजवादी) को नेतृत्व र संगठनको मोडल तय गर्न सकेका छैनन् । पार्टीका गतिविधि र निर्णयमा दुवैतर्फबाट ४/४ नेता संलग्न हुने गरेका छन् । तर, कसको नेतृत्वमा पार्टी चलेको छ भन्ने चासोलाई सम्बोधन गर्नसमेत नेताहरूले सकेका छैनन् ।

एकीकरणपछिका निर्णय प्रक्रियामा समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी हुने गरेका छन् । राजपा अध्यक्षमण्डलका ६ सदस्यहरूको आलोपालो नेतृत्वबाट चल्दै आए पनि एकीकरण प्रक्रियादेखि हालसम्म महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारीको मात्रै संलग्नता देखिएको छ ।

प्रकाशित मिति: : 2020-04-29 08:48:29

प्रतिकृया दिनुहोस्