पेचिलो बन्दै नेकपा विवाद

टपेन्द्र कार्की

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा लागेका हुन्। दुई दिनसम्म नेपाल समूहसँग भएको छलफलमा कुरा नमिलेपछि तीन नेता आआफ्ना सांसद जोगाउन लागेका हुन्। 

ओलीले नेपालसँग पाँचवटा प्रस्ताव राखेर उनलाई मनाउने प्रयास गरेका थिए। नेपाल समूहले प्रस्ताव अस्वीकार गरेपछि ओली पक्षले बालुवाटारमा आफूपक्षका सांसदको भेला गरेको छ। यसबाट झस्किएका दाहाल र नेपाल पनि आफ्ना पक्षका सांसदसँग सम्पर्कमा छन्।

प्रकाशित मिति: : 2020-04-29 07:57:20

प्रतिकृया दिनुहोस्