कोरोना भाइरसको संक्रमणले पछिल्लो १२ दिनमा १० लाख नयाँ संक्रमित फेला परेको वर्ल्डओ मिटर डाटा इन्फोले जानकारी दिएको छ।
अप्रिल १६ यता विश्वव्यापी रूपमा १० लाख कोरोना बिरामी थपिएको बताइएको हो। सोमबारसम्म कोरोनाबाट मात्र ३० लाख संक्रमित देखा परेका छन्। हालसम्म ८ लाख ८२ हजार ९ सय ५४ जना ठिक भएर घर फर्किएको छ।
अप्रिल १६ सम्म संक्रमितको संख्या २० लाख थियो। यस्तै, अप्रिल १ मा यो संख्या ९ लाख ४० हजार ५ सय २३ थियो।
वर्ल्ड मिटरका अनुसार मार्च १ मा एक लाख मात्र बिरामी थिए। मार्चमा १८ मा यो बढेर २ लाख, मार्च २१ मा ३ लाख, मार्च २४ मा ४ लाख हुँदै अप्रिल १ मा १० लाख पुगेको थियो।