अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना भाइरस प्रेस विफ्रिङ बन्द

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्दैआएको कोरोना भाइरस प्रेस ब्रिफिङ बन्द भएको छ। 

उपराष्ट्रपति माइक पेन्सले नेतृत्व गरेको कोरोना भाइरस टास्क फोर्सले हेरक साँंझ ह्वाइट हाउसमा आयोजना गर्दै आएको प्रेस व्रिफिङ भने राष्ट्रपति ट्रम्प आफैं सञ्चालन गर्दै आएका थिए। 

प्रेस विफ्रिङमा अन्टसन्ट बोल्दै आएका ट्रम्प प्रेसप्रति असहिष्णु र निरंकुश भएर प्रस्तुत हुँदै आएका थिए। यस्ता दृश्य बारम्बार दोहोरिएपछि अमेरिकी जनतामा उनको छिव नकारात्मक हुदै गएको थियो ।

उनी आफ्नै विज्ञ चिकित्सकहरूलाई चुप लगाएर राष्ट्रपति ट्रम्प कोरोनाबाट बच्न सुरूदेखि नै मलेरियाको औषधी खाने सल्लाह दिदै आएका थिए। पछिल्लोपटक उनले द्धर सफा गर्ने लाइजललगायतका किटाणुनाशक औषाधीको सुई दिने र घाम ताप्ने सल्लाह दिएका थिए। चिकित्साविज्ञान विरोधी यस्तो प्रेस्कृप्सन दिएर हसीमजाकको पात्र बन्न पुगेका उनी अन्तत: मजाक गरेको भनेर रक्षात्मक बनेका थिए। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा हरेक साँझ आयोजना गर्दैआएको कोरोना भाइरस प्रेस ब्रिफिङ बन्द भएको छ। उनले चुनावमा घाटा हुने संकेत पाएपछि बन्द गरेको प्रेस ब्रिफिङ मिडियाका कारण बन्द गर्नुपरेको प्रष्टिकरण दिएका छन्।  

यस प्रतिक्रियाले उनको सन् २०२० को चुनावी क्याम्पेनलाई नै असर गर्ने भनेर उनको क्याम्पमा कुरो उठेपछि उनी बाध्य भएर प्रेस व्रिफिङ नै बन्द गर्ने निर्णयमा पुगेका हुन्। तर, त्यो यथार्थ स्विकार नगरी प्रेस ब्रिफिङ बन्द हुनमा  पक्षपाती मिडिया जिम्मेवार रहेको आरोप लगाएका छन्। 

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्विट गर्दै प्रेस ब्रिफिङको कुनै अर्थ नरहेको भनेका छन्। उनले ब्रिफिङमा पक्षपाती मिडियाले शत्रुतापूर्ण प्रश्न मात्र गर्ने गरेको उल्लेख गर्दै मिडियाले तथ्यलाई कहिले पनि प्रकाशित नगरेको र अमेरिकी नागरिकलाई सधैं गलत समाचार फैलाएको आरोप पनि लगाएका छन्। 

यो निर्णयसँगै हेरक साँंझ ह्वाइट हाउसमा आयोजना हुदै आएको कोरोना भाइरस प्रेस व्रिफिङबाट ट्रम्प र उनको टास्क फोर्सले छुट्टी पाएका छन्। 

प्रकाशित मिति: : 2020-04-27 00:06:08

प्रतिकृया दिनुहोस्