चीनका लागि नवनियुक्त राजदूत पाण्डेले लिए शपथ

बिएल संवाददाता

काठमाडाै‌ं

चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले शपथ लिएका छन् । 

शीतलनिवासमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

पाण्डेलाई वैशाख ५ गते राष्ट्रपति भण्डारीले राजदूतमा नियुक्त गरेकी थिइन् । सरकारले गत फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौडेललाई फिर्ता गरी पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2020-04-26 18:22:16

प्रतिकृया दिनुहोस्