पनवेलका ५० नेपाली मजदुरहरुले पाए खाद्यान्न

बिएल संवाददाता

मुम्बई, हिन्दी ब्यूराे

महाराष्ट्र पूर्ण रुपमा बन्दाबन्दी (लकडाउन) छ। मुम्बईमा बन्दाबन्दी लम्बिएसँगै नेपालीहरुको दैनिकी धान्न कस्टकर बनिरहेको छ। रोजगारीका लागि भारतका बिभिन्न शहरहरुमा लगभग १५ लाख नेपालीहरु कार्यरत रहेको अनुमान गरिन्छ। बन्दाबन्दीको मारमा सबैभन्दा बढि नेपाली कामदारहरु परेका छन्। होटल, कम्पनी, मार्केटहरु बन्द भएपछि उनीहरुले काम गुमाउनु परेको सुनाउँछन्। 

पनवेलको एक गाउँमा मजदुरी गर्ने ५० भन्दा बढि नेपाली परिवारहरू भाडामा मिलेर बसेका छन्। नेपालीहरु महिना दिन अघि मात्रै पनवेल आएका थिए। उनीहरू मध्ये अधिकांश कर्णाली प्रदेशको दैलेख वरिपरि गाउँका छन्। लकडाउन उनीहरुको रोजगारी गुमेपछि खाद्यान्न र बसाईमा असहज भएको थियो। पनवेलमा रहेका ५० परिवार मजदुरहरुको पछिल्लो अबस्था बारेमा थाहा पाएपछि नेपालीहरुको पहलमा अहिले सहयोग प्राप्त गरेका छन्।

बिएल हिन्दी सेवा,नेपाल न्यूज दैनिक मुम्बई, नेपाली जनसम्पर्क समिति,युवा समाजसेवी दिलिप आचार्य, गोविन्द थापाको पहलमा डा. पी शेखर र स्वच्छ खारघर फाउन्डेशन संस्थापक अध्यक्ष मंगल कांबलेको विशेष सहयोगमा पनवेलका नेपालीलाई खाद्यान्न सहयोग गरिएको छ। ५० परिवारलाई दाल, चामल, प्याज, आलु र तेल उपलब्ध गराइएको हो।

युवा समाजसेवी दिलिप आचार्यको विशेष पहलमा राहत पाएका ती परिवारहरुले खाद्यान्न पाउदा आफुहरु खुसी र दैनिकी चलाउन सजिलो भएको बताए। चौतर्फी कोरोना आंतकको त्रास फैलिरहेको समयमा सहयोगी दाताहरुलाई आभार प्रकट गरे। डा. पी शेखर र स्वच्छ खारघर फाउन्डेशन संस्थापक अध्यक्ष मंगल कांबलले लकडाउनको समयमा नेपाली कामदारहरुलाई सहयोग गर्ने अबसर पाएकोमा समाजसेवी दिलिप आचार्यको समूहलाई धन्यवाद दिएका छन्

प्रकाशित मिति: : 2020-04-26 17:26:56

प्रतिकृया दिनुहोस्