पूर्वसचिव भीम उपाध्यायविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ। उनीविरुद्ध साइबर क्राइममा मुद्धा दर्ता भएको हो।
बैशाख १० गते फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा उपाध्यायलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले ललितपुरकाे कुसुन्तीस्थित घरबाटै पक्राउ गरेको थियो।
उनी सामाजिक संजालमार्फत सरकारकाे आलाेचना गर्दै आएका थिए। यसका साथै केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालासँग उपाध्यायको सामाजिक सञ्जालमा नोकझोक भएको थियो।
उपाध्यायले सरकारले चीनसँग खरिद गरेकाे काेराेना भाइरसकाे उपचारमा प्रयाेग हुने मेडिकल साम्रगीमा भएकाे अनियमितता स्वास्थ्य सचिव यादवकाे पनि हात भएकाे आराेप लगाउँदै आएका थिए।
उनलाई पक्राउ गरिनुको कारण पनि सोही घटनासँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ।
उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ।