मन्त्रिपरिषद बैठक ५ बजेलाई सर्‍यो, लकडाउनबारे निर्णय हुने

आज अपरान्ह २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक साँझ ५ बजेका लागि सारिएको छ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको हो।

यसैबीच प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बस्नु अगाडि कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी) सँग छलफल गर्ने भएका छन्।

स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिइसकेको थियो। यसअघि सरकारले तेस्रो पटक थपेको लकडाउन वैशाख १५ गते सकिँदैछ।

प्रकाशित मिति: : 2020-04-26 14:52:45

प्रतिकृया दिनुहोस्