परिवार दलले लकडाउन प्रभावितलाई १०० क्विन्टल चामल सहयोग गर्ने

परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने  भएको छ । सो दलको  वैशाख १२ का दिन काठमाडौँमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

महामारीका कारण सृजित लामो लाकडाउनले पीडित बनेका अति विपन्न नेपाली समुदाय भोकै बस्न नपरोस् भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए । उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरुसँगको समन्वयमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला समन्न्वयन समितिलाई निर्देश गरेको छ ।

बैठकले महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत बनाउदै तुरुन्त कोभिड १९ पीडितहरुको लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

परिवार दलले  केही समय अघि सयुक्त राज्य अमेरिका र विद्रोही तालिवान बीच भएको स-सर्त शान्ति सम्झौता तथा सयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले  कोभिड १९ को विरुद्धमा प्रभावकारी तरिकाले लड्नको लागी मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि गर्नु भएको प्रस्तावलाइ स्वागत गरेको छ  ।

प्रकाशित मिति: : 2020-04-26 14:37:22

प्रतिकृया दिनुहोस्