कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड सहयोग

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरे । 

देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताए ।

प्रकाशित मिति: : 2020-04-26 14:32:33

प्रतिकृया दिनुहोस्