तिलगंगामा कारको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी एकजना ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएकी छन् ।

ड्युटीमा खटिएकी प्रहरी जवान राधा कुमारी चन्दलाई बा २१ च ८५३० नम्बरको निजी कारले ठक्कर दिएको प्रहरी स्रोतले बताएको छ ।

कारको ठक्करबाट चन्दको दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।दुर्घटनालगत्तै केएमसी अस्पताल सिनामंगलमा लगिए पनि केएमसीले बीएण्डबी अस्पताल रिफर गरिएकाे छ। 

 उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ । 

ठक्कर दिने कार र त्यसका चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: : 2020-04-26 07:37:51

प्रतिकृया दिनुहोस्