‘सीमा सुरक्षामा हामी अब्बल हुँदैछौँ’

उमाकान्त खनाल 

नेपाल–भारतको सीमामा पर्ने नकलबन्दा प्रहरी चौकी नजिकमा रहेको भर्खर स्थापना गरिएको प्रहरी पोस्टमा पुग्दा महिला प्रहरी जवानद्वय उषा गुरुङ र रुपामाया मगर सीमामा सुरक्षाका लागि तैनाथ थिए।

उनीहरुले अहिले न कसैलाई भारततिर जान दिएका छन् न भारतबाट कोही मान्छेलाई नेपाल आउन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले पुरुष प्रहरीसँगै महिला प्रहरीलाई पनि सीमा सुरक्षाका लागि खटाएको छ। यस अघि सीमा सुरक्षामा पुरुष प्रहरीलाई प्राथमिकताका साथ खटाइने गरिएकोमा अहिले कोरोना भाइरस संक्रमण रोकथामका लागि सीमामा महिला प्रहरी पनि खटाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-25 15:55:33

प्रतिकृया दिनुहोस्