प्रधानमन्त्री र देउवाबीच बालुवाटारमा भेट

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा छलफल गर्न बोलाएपछि देउवा बालुबाटार पुगेका हुन्।

चौतर्फी विरोध भएपछि सरकारले सोमबार जारी भएका राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ शुक्रबार बसेको मन्त्रिपरिषद बैठककाे सिफारिसमा राष्ट्रपति भण्डारीले खारेज गरेकी छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम उक्त  अध्यादेश खारेज गरिएकाे दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको जनाएकाे छ। 

ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएको थियो।

प्रकाशित मिति: : 2020-04-24 16:21:48

प्रतिकृया दिनुहोस्