अमेरिकाको तल्लो सदनबाट बेराेजगारका लागि ल्याइएकाे राहत प्याकेज पारित

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राहत प्याकेज पारित गरेको छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्नका लागि ४८४ बिलियन अमेरिकी डलर बराबरको चौथो विधेयक पारित भएको हाे।

साना व्यवसायी, अस्पताल तथा बिस्तारित परीक्षणको व्यवस्थाका लागि सहयोग गर्न ल्याएको विधेयकको पक्षमा ३८८ तथा विपक्षमा मात्रै पाँच मत परेको थियाे।

गएको महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासकै सबैभन्दा ठूलो आकारको अर्थात दुई ट्रिलियन डलर बराबरको कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए।

सिनेटले मंगलाबार नै पारित गरेको सो विधेयकलाई आफूले प्रमाणिकरण गर्ने ट्रम्पले यसअघि नै बताइसकेका छन्।

बेरोजगारी दर बढ्दै गएपछि सहयोगका लागि नयाँ प्याकेज घोषणा गरिएको हो। अमेरिकामा पछिल्लो पाँच हप्तामा दुई करोड ६० लाख भन्दा बढी मानिस रोजगार बिहीन भएको तथ्यांक छ।

अमेरिकामा अहिलेसम्म ४९ हजार ७ सय ६९ मानिसको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ७९ हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै झण्डै ३० हजार संक्रमित थपिएका छन्। 

प्रकाशित मिति: : 2020-04-24 09:50:31

प्रतिकृया दिनुहोस्