उत्तर कोरियाली नेता किम थला परेका छैनन्: दक्षिण कोरिया

बिएल संवाददाता

काठमाडाै‌ं

उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी मिडिया सिएनएनले गम्भीर बिरामी (थला परेकाे) भएको रिपोर्टको खण्डन गर्दै दक्षिण कोरियाली अधिकारीहरुले उनी बिरामी नभएको बताएका छन्।

सिएनएनले भने यसअघि नेता किम मुटुको अप्रिल १२ मा  शल्यक्रिया ग्रेपछि बिरामी अवस्थामा रहेको जनाएको थियो। शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन्। दक्षिणका नेताहरुले उक्त समाचारको खण्डन गर्दै उनी गम्भीर बिरामी नभएको बताए।

यसवाहेक, चिनियाँ नेताहरुले पनि किम बिरामी भएको हुन नसक्ने प्रतिक्रिया दिए। उत्तर कोरियाले आफ्ना सुरक्षा मामिला लगायत राजनीतिक सूचना गोप्य नै राख्ने गर्छ। उत्तरका सर्वोच्च नेता किमले नयाँ उत्तराधिकारी घोषणा गरेका छैनन्।

पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए।

किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो। उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ। त्यहाँ सार्वजनिक बिदा दिइन्छ। तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन्।

उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ। विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन।

अत्यधिक तौल, धुमपान र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। गत अगस्टयता नै उनलाई मुटुको समस्या देखिएको बताइन्छ। किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए। त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको थियो।

यद्यपि उनले आफु शक्तिमा आएपछि पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय स्तरमा नयाँ र ऐतिहासिक सम्बन्ध स्थापित गरेका छन्। यस बीचमा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लगायत दक्षिण कोरियाली नेताहरुलाई समेत भेट गरिसकेका छन्।
 

प्रकाशित मिति: : 2020-04-21 19:14:09

प्रतिकृया दिनुहोस्