प्रज्ञा बृहत नेपाली शब्दकोषमा कोरोनासँग सम्बन्धित नयाँ प्राविधिक शब्दहरु राखिदै

चिनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड१९) महामारीका कारण चलनचल्तीमा आएका नयाँ प्राविधिक शब्दहरु नेपाली शब्दकोषमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले सम्पुर्ण तयारी गरेको छ । हाल चलनचल्तीमा आएका थुप्रै नयाँ शब्दशरुलाई अबका पुस्ताले बुझुन र समझिउन भन्ने उदेश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थपिने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले बताए । हाल कोरोना , कोभिड१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम क्वारेन्टाइन, रेपिड टेस्टीङ किट, भाइरस, सोसियल डिस्टेन्स, ट्रकिङलगाएतका चलनचल्तीमा रहेका कोरोना महामारीसँग जोडिएका शब्दहरु थपिने तयारी अन्तिम चरणमा पुगेको कुलपति उप्रेतिले बताए । उनले हाल मेडियामा आएका शब्दहरुलाई समेत पहिचान गरी नेपाली समुदायमा चलनचल्तीमा रहेकोलाई समेत समेट्नकोलागि संकलन कार्य सुरु भएको जनाए । कुलपति उप्रेतिले हाल लकडाउनलाई थुप्रैले नेपालीमा अनुवाद गरी  बन्दाबन्दी भनेर प्रयोग गरिरहेको भए पनि कोरासँग जोडिएकोले बन्दाबन्दीले वास्तविक अर्थ नबोकेको बताए । 

‘सोसियल डिस्टेन्सको अर्थ समाजिक दुरीले वास्तविक अर्थ बोल्दैन,’ कुलपति उप्रेतिले नागरिकसँग भने ‘यसको सही अर्थ अब हामी प्रज्ञा बृहत नेपाली शब्दकोषमा सोसियल डिस्टेन्सको अर्थ कोरोना महामारिसँग बच्नको निम्ति एक मिटरको दुरी कायम गर्ने भनेर राखेका छौं ।’ उनले थपे ‘ कोरोनासँग जोडिएको अर्को चलनचल्तीको शब्द ट्रसिङलाई शब्दकोषमा खोजतलास भनी राखिएको छ । हाल चिनले बनाउदै गरेका कोरो रोकथामका खोप,भ्याक्सीन र औषधीका नामहरु समेत राख्ने प्रतिष्ठानको तयारी छ ।’ उनका अनुसार यति मात्र होइन विगतमा देखा परेका नयाँ रोगहरु इबोला, सार्स, सुनामी, पेन्डामिन जस्ता थुप्रै नयाँ शब्दहरु नेपाली समुदायमा प्रयोगमा छ तर शब्दकोषमा छैन । त्यही भएर प्रतिष्ठानले यस्ता नयाँ शब्दहरु संकलन गरिरेको छ। 

प्रकाशित मिति: : 2020-04-21 09:30:44

प्रतिकृया दिनुहोस्