अमेरिकी अध्यागमन अस्थायी रूपमा बन्द हुदैं, के हुन्छ ग्रीनकार्डवालाको अवस्था ?

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

अमेरिकी अध्यागमन केही समयका लागि बन्द हुने भएको छ। सोमबार अबेर राति राष्ट्रपति ट्रम्पले ट्विट गर्दै यस्तो घोषणा गरेका हुन्। उनले कोरोनाभाइरस महामारीको स्वास्थ्य र आर्थिक प्रभावको सामना गर्न आफूले यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको बताएका छन्। उनको यो  आदेश आप्रवासीलाई अमेरिका प्रवेशमा अस्थायी राेक' लगाउने उद्धेश्यले जारी गर्न लागेका हुन्। 

उनले ट्विटमा लेखेका छन्, 'अदृश्य दुश्मनको आक्रमक आक्रमण, र हाम्रा महान अमेरिकी नागरिकहरूको जागिर जोगाउनुपर्ने आवश्यकताको आधारमा म संयुक्त राज्य अमेरिकाको अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु।'

अमेरिकी राष्ट्रपति ट्रम्पले  एक अप्रत्यासित ट्विट गर्दै केही समयका लागि अमेरिकी अध्यागमन बन्द गर्ने घोषणा गरेका छन्। उनले यस बारे एक अध्यादेशमा हस्ताक्षर गर्ने बताएपछि यसले केही गम्भीर  प्रश्न सिर्जना गरेको छ। त्यसमा पनि ग्रीनकार्डवालाको अध्यागमन कसरी व्यवस्थापन हुन्छ ?, अहिलेका लागि यो अहम् प्रश्न बनेको छ।कोरोना कहरलाई देखाएर जारी गरिने यो कार्यकारी आदेश सन् २०१६ को चुनावमै अध्यागमनलाई क्रमश: नियन्त्रण गर्ने उनको चुनावी वाचा पूरा गर्ने क्रममै आएको केही राजनीतिक पण्डितहरूले अनुमान लगाएका छन्। 


तर, उनले कुन संयन्त्र प्रयोग गरेर अध्यागमन निलम्बन गर्नेछन्,कतिसमयका लागि निलम्बन गर्नेछन्। अमेरिकी सीमा वारपार कसरी हुन्छ र ग्रीनकार्ड भएका व्यक्तिको हकमा के हुन्छ ? त्यस बारेमा कुनै व्याख्या गरिएको छैन। 

उनले सन् २०१६ को चुनावमै अमेरिकी फस्ट भन्दै आप्रवासीलाई अमेरिका प्रवेशमा निरूत्साहित गर्ने चुनावी नारा अघि सारेका थिए । यो कार्यकारी आदेश त्यही चुनावी वाचा पूरा गर्न आएको हुनुपर्ने कतिपयले अनुमान गरेका छन्। उनीहरूको दावी छ,'कोरोना भाइरस संक्रमण उनलाई आफ्नो चुनावी वाचा पूरा गर्ने संयोग मात्र बनेको हो।'
अमेरिकाका दक्षिणी राज्यहरू एकपछि अर्को गरेर खुल्न लागेको बेला ट्रम्पले घटनालाई अर्को मोड दिदै यस्तो अप्रत्यासित घोषणा गरेका छन्।

कोरोना कहरलाई देखाएर जारी गरिने यो कार्यकारी आदेश सन् २०१६ को चुनावमै अध्यागमनलाई क्रमश: नियन्त्रण गर्ने उनको चुनावी वाचा पूरा गर्ने क्रममै आएको केही राजनीतिक पण्डितहरूले अनुमान लगाएका छन्।

 

प्रकाशित मिति: : 2020-04-21 09:17:56

प्रतिकृया दिनुहोस्