डोटीमा चट्याङ लागेर महिलाको ज्यान गयो

डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा  चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ । 

चट्याङ लागेर ज्यान गुमाउनेमा २२ वर्षीया उजली बयाडी रहेकी प्रहरीले जनाएको छ। 

आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा परेको  चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।


 

प्रकाशित मिति: : 2020-04-21 08:35:13

प्रतिकृया दिनुहोस्