ऐनले पार्टी फुट्ने नि होइन, जुट्ने पनि होइन, अनुशासित र जिम्मेवार बनाै‌ं: मुख्यमन्त्री पोखरेल

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले ऐनले पार्टी नफुट्ने दावी गरेका छन्।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै उनले राजनीतिक दल विभाजन गर्न केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या नचाहिने बताएका हुन्।

‘ऐनले पार्टी फुट्ने नि होइन, जुट्ने पनि होइन। ४० प्रतिशतको प्रावधान लोकतान्त्रीक विशेषता नै हो,’उनले भने।  सबैलाई अनुशासित र जिम्मेवार बन्न पनि आह्वान उनले गरेका छन्।

ऐनमा विद्यमान व्यवस्था राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवै ठाउँमा ४० प्रतिशत सदस्यको सहमति हुनुपर्ने उनले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बाहेक अरु प्रक्रियाबाट थपिदै जाने र त्यसको ४० प्रतिशत भन्ने कुराले महाधिवेशन र निर्वाचनको औचित्य नहुने बताएका थिए।

प्रधानमन्त्री ओलीले यो अध्यादेश संसदमा जाने भएकाले संसदमै बहस गर्न पाइने बताएका छन् । मन्त्रिपरिषद बैठकमा अरु मन्त्रीले प्रधानमन्त्रीको ठाडो प्रस्तावमा कुनै प्रतिक्रिया जनाएका छैनन्। 

प्रकाशित मिति: : 2020-04-20 18:08:07

प्रतिकृया दिनुहोस्