कञ्चनपुरमा सडकमा भेटिएका दुई जना बालकको उद्धार गरिएको छ । महेन्द्रनगरमा सडक पेटीमा भेटिएका अन्दाजी ११ वर्षीय र १० वर्षीय दुई बालकलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेको हो ।
गत शुक्रबार उद्धार गरिएकादुवै बालकलाई महेन्द्रनगरस्थित अमर बाल गृहमा व्यवस्थापन पनि गरिएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए।
‘लकडाउनका बेलादुईअनाथबालक सडकमाबेवारिसे अवस्थामाभेटिए’ भन्ने समाचार विभिन्नसांचर माध्यामले प्रकाशित गरेलगत्तै महिला, बालबालिकातथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तत्काल उद्धार गर्न परिषदलाई निर्देशन दिएका थिए। मन्त्री गुरुङको निर्देशन र स्थानीय प्रशासनको सहयोगमा दुवै बालकको उद्धार गरी व्यवस्थापन गरिएको परिषदले जनाएको छ ।
बजार क्षेत्रबाट उद्धार गरिएका दुवै बालकलाई उनीहरुको मनोविज्ञान र चाहनाअनुसार शिक्षादिक्षाको पनि आवश्यक व्यवस्था मिलाइने अमर बाल गृहका संचालक उत्तर टमाटाले बताए। उद्धार गरिएका दुवैको अभिभावक नभएको बताइएको छ । लकडाउनले मुलुक ठप्प भइरहेका बेला राष्ट्रिय बालअधिकार परिषदले यस अघि काठमाडौंको विभिन्न स्थानबाट पनि ५ जनाबालकको सडकबाट उद्धार गरेको थियो ।
यसैबीच, मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनिबालबालिका भेटिए स्थानीयप्रहरी वाबालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा१०४ मा तत्काल जानकारी गराउन पनि सबैलाई अपिल गरेका छन्। सरकारले सडकमुक्त बालबालिका बनाउने अभियानलाई तीव्रता दिएको र चालू आर्थिक वर्षको हालसम्म ३ सय ९८ जनाबालबालिकाको सडकबाट उद्धार गरिएको पनि राष्ट्रिय बालअधिकार परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए।