संखुवासभा प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण बढ्न सक्ने भन्दै नेपाल सरकारले जारी गरेको लक डाउनकै क्रममा संखुवासभा प्रवेश गर्ने नाकाहरु पूर्ण रुपमा बन्द गरिएको छ ।

रातको समयमा बाहिरबाट मानिसहरु लुकीछिपी आउनसक्ने भन्दै दक्षिण तर्फबाट संखुवासभा भित्रिने मुख्य नाकाहरु टुटेदेउराली र केवा खोलामा पूर्ण रुपमा नाका बन्द गरिएको हो। 

जिल्ला समन्वय समितिको संयोजनमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि र दश वटै पालिकाका प्रमुखहरु, प्रदेशसभा सदस्यहरु तथा सामाजिक विकास समितिका पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले दक्षिण तर्फबाट संखुवासभा भित्रिने मुख्य नाकाहरुमा प्रहरी परिचालन गरेको बताउनुभयो ।

प्रकाशित मिति: : 2020-04-20 15:54:08

प्रतिकृया दिनुहोस्