परीक्षणको दायरा समुदायस्तरमा विस्तार गरौंः कांग्रेस सभापति देउवा

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को जोखिम सामना गर्न परीक्षणको दायरा व्यापक बनाउन सरकारलाई आग्रह गरेका छन्। 

सोमबार अपराह्न एक विज्ञप्ति प्रकाशन गर्दै देउवाले भनेका छन्, ‘परीक्षणको दायरा समुदाय स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।’

पर्याप्त स्वास्थ्य सामग्री एवं राहतको बन्दोबस्त गरेर सरकारले यस्तो बेलामा परिस्थितिलाई असहज बन्नबाट रोक्नुपर्ने आवश्यकता पनि देउवाले औंल्याएका छन्।

‘सबैको साथ र विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ म स्मरण गर्न र गराउन चाहन्छु,’ देउवाको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2020-04-20 14:26:39

प्रतिकृया दिनुहोस्