जनकपुरको सडकमा पैसा छरेर भाग्ने नन्दभाउजूकाे आरडीटी रिपोर्ट पोजिटिभ

जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा पैसा छररे फरार भएका दुई महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ। 

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। यो रिपोर्टको आधारमा कोरोना भाइरसको संक्रमण रहेको भनि पुष्टी गर्न नसकिने हुनाले उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको उनले बताए।

शुक्रबार १२ः३० बजे  जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुनले महावीर चौकस्थित पेठीया बजार जाने सडकमा १०, ५ र २० को नोटमा थुक हालेर फ्यालेका थिए। उनी दुवैजना नातामा भाउजू र नन्द हुन्।

आज दिउँसो जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरुलाई पक्राउ गरिए जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले बताए।

उनीहरुलाई नियन्त्रणमा लिनको लागि सिसिटिभी फुटेजको साहरा लिइएको प्रवक्ता कार्कीले बताए। ‘सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले उनीहरुको खोजी तीव्र पारेको थियो,’ उनले भने,‘फुटेजहरु झिकाएर शंकास्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा उहाँहरुलाई नियन्त्रणमा लिइएको हो।’

सोधपुछ तथा अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।

प्रहरीले नोटबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै शुक्रबार साँझ घटनास्थलमा स्यानिटाइजर छर्केको थियो। त्यसैगरी नोट बरामद गरी ल्याब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।

याे पनि

जनकपुरमा दुई महिला सडकमा रूपैयाँ छरेर फरार

जनकपुरको सडकमा पैसा छरेर भाग्ने नन्दभाउजू मदरसाबाट पक्राउ

प्रकाशित मिति: : 2020-04-18 20:24:21

प्रतिकृया दिनुहोस्