कोरोनाले कोरेका विश्‍व राजनीतिका रेखाहरू

थाहा खबर

काठमाडौँ 

सीपी गजुरेल 

आज विश्‍वभरीका जनताले कोरोना भाइरसको ठूलो सकस भोगिरहेका छन्। अत्यन्त तीब्ररुपमा  फैलिने यो महारोगले विश्‍वका २१० देशमा प्रभाव जमाइसकेको छ। यी हरफ लेखिँदा सम्म यो महामारीमा २० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३० हजार भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। पाँच लाख जति निको भएका छन्। झण्डै एक महिना अघि विश्‍व स्वास्थ संगठनले कोभिड-१९लाई “विश्‍वव्यापी महामारी”को संज्ञा दिएको छ र  “स्वास्थ संकटकाल” पनि घोषणा गरेको हो।

कोभिड १९का विरुद्धको लडाईंलाई नै मुख्य र साझा विषय बनाएर विश्‍वव्यापी संघर्षलाई अघि बढाइरहँदा पनि यसको नियन्त्रण र निदान अझै टाढै छ। जीव-रसायन शास्त्र, औषधि विज्ञान र स्वास्थ विज्ञानका क्षेत्रमा कार्यरत वैज्ञानिकहरु यसको खोप वा औषधि पत्ता लगाउने काममा दिन रात खटिरहेका  छन्। संभावित नयाँ औषधिको परीक्षण गरिएको भन्ने समाचारहरु पनि बेला बखत नआएका होइनन्। तर आमरुपमा प्रयोग गर्ने हिसाबले अनुसन्धान गरेर औषधि तयार हुन वर्ष दिन भन्दा बढी लाग्ने अनुमान गरिँदैछ। विश्‍व स्वास्थ संगठनले यसलाई डेढ वर्ष लाग्ने अनुमान प्रस्तुत गरेको छ। यो त भयो स्वास्थको दृष्टिले कोभिड १९ ले पार्ने प्रभाव र त्यसलाई नियन्त्रण गर्ने वा यसको निदान सम्वन्धी विषय।
 

प्रकाशित मिति: : 2020-04-16 15:51:36

प्रतिकृया दिनुहोस्