सर्वपक्षीय संयन्त्रबारे नेकपाभित्रै विवाद : काँग्रेस भन्छ–नेतृत्वमा ओली कि प्रचण्ड ?

रातोपाटी

काठमाडौं

लोकेन्द्र भट्ट

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने या नबनाउने भन्ने विषयमा विवाद देखिएको छ । 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार दुई टेलिभिजन अन्तरवार्तामा सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्तावअघि सारिसकेका छन् । ‘कोरोनाविरुद्धको लडाईं सरकार वा कोही पनि एक्लैले सामना गर्न सक्दैन । सर्वपक्षीय संरचना बनाएर सवै मिलेर मात्र यसलाई बनाएर मुकाबिला गर्न सकिन्छ भनेर मैले त्यस खालको संरचनाको कुरा गरेको हो । यो समस्याको समाधान गर्नै सवै शक्ति एक ठाउँमा उभिन जरुरी छ,’ प्रचण्डको भनाइको आशय छ ।

प्रकाशित मिति: : 2020-04-15 07:40:56

प्रतिकृया दिनुहोस्