महामारीपारि नयाँ जिम्मेवारी

जनार्दन बराल

सन् ०१९ को अन्तिम दिन चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरसले विश्वमा नयाँ संकटको सुरुवात गरेको छ । यतिवेला विश्व राजनीति, अर्थतन्त्र र परराष्ट्र मामला मात्रै होइन, विश्वभरका नागरिकको दैनिकीमा उथलपुथल ल्याइदिएको छ । विकसित होस् वा विकासशील देश नै किन नहोस्, गरिब होऊन् वा धनी सबैलाई घरमै बस्न बाध्य पारेको छ । १८ लाखभन्दा बढीलाई संक्रमण भएको कोभिड– १९ को चपेटामा परेर मर्नेको ग्राफ एक लाखमाथि पुगिसकेको छ, दैनिकजसो बढेकोबढ्यै छ । 

तर, विश्वले हार खाएको छैन, तयारी गरेर फेरि उठ्ने कोसिसमा छ । त्यसैले विगतमा पनि महामारी जित्दै आएको विश्वभरका स्वास्थ्य वैज्ञानिक कोभिड– १९ सँग लड्न निर्णायक अनुसन्धानमा छन् । अचानक थलापरेको अर्थतन्त्रलाई कसरी उकास्ने विश्वभरका सरकार र अर्थशास्त्री भविष्यको चिन्तनमननमा जुटेका छन् । महामारीले करोडाैंको रोजगारी गुमेको छ र ‘वर्क फ्रम होम’ भन्ने नयाँ संस्कृति जन्मेको छ । 

प्रकाशित मिति: : 2020-04-13 07:28:13

प्रतिकृया दिनुहोस्