‘लकडाउन’ उल्लंघन गर्ने ६ सय ६० जनालाई काठमाडाैं उपत्यकाबाट नियन्त्रणमा लिइएको छ ।
बिहीबार बिहानै काठमाडाैंबाट पाँच सय १३ जना र ललितपुरबाट एक सय ४७ जना गरी ६ सय ६० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको छ। सरकारले लकडाउनको पूर्णरुपमा पालना गर्न पनि आग्रह गर्दै आइरहेको छ ।
अत्यावश्यक बाहेकका कामका लागि हिँडेको पाइए प्रहरीले केही बेर ‘होल्ड’ गर्ने राख्ने गरेको छ ।