डडेल्धुरामा पछिल्लो १४ दिनका अवधिमा दुई हजार ३६४ नेपाली भारतलगायत अन्य मुलुकबाट फर्किएका छन्। स्थानीय तहहरुका अनुसार क्वारेन्टाइनमा भने अहिलेसम्म २३ जना मात्र छन्।
यसअघि विभिन्न स्थानीय तहमा क्वारेन्टाइन बसेका ५२ जना सामान्य जाँच गरी घर फर्केका छन्। उनीहरुलाई आफू होम क्वारेन्टाइन बस्ने भनेकाले छाडिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्।
सुदूरपश्चिम प्रदेशभरि भारतसहित तेस्रो मुलुकबाट आएका करीब एक हजारलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ। प्रदेशका विभिन्न ठाउँमा सुदूरपश्चिम सरकार, स्थानीय तह र नेपाली सेनाले स्थापना गरेका तीन हजार ६६० शय्याका क्वारेन्टाइनमा एक हजार ४०७ जनालाई राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।