मध्यरातमा चीनको वुहान सहरमा रहेको डु मिङजुनको एपार्टमेन्टमा फोनको घन्टी बज्छ। फोन उठाउँदा उताबाट एक बेचेन महिलाको आवाज सुनिन्छ। क्वारेन्टाइनमा रहेकी ती महिला डराइरहेकी थिइन्। ‘डरले मेरो मुटु कामिरहेछ,’ उताबाट आवाज आउँछ। फोन गर्ने ती महिला र उनका पति छातीको दुखाइ र ज्वरोले ग्रसित थिए। उनीहरूलाई यो कोरोना भाइरसका लक्षण हुन् भन्ने लागेको थियो। विशेषगरी ती महिला सुत्न सकेकी थिइनन् र श्वासप्रवाश्समा पनि कठिनाइ थियो। घरीघरी डिस्टर्ब गरेकोमा माफी माग्दै उनले आफ्नो रामकहानी मिङजुनलाई सुनाइन्। ‘अस्पताललाई हामीलाई लिन आउन भनिदिनुहोस्,’ ती महिलाले भनिन्, ‘त्यसो नगरे हामी दुवै मर्नेछौं।’
मिङजुनले शान्त र सानो आवाजमा ती महिलालाई भनिन्, ‘म मेरा लागि के गर्न सक्छु र मेरो शरीरका लागि के.गर्न सक्छु भनेर सोच्नुहोस्,’ टेलिफोन गर्ने ती महिलालाई अस्पताल पुर्याउन आफूले सहयोग गर्ने आवश्वासन दिँदै उनलाई केही आराम गर्न मिङजुनले सुझाइन्। ‘तपाईं आफ्नो आवेगलाई यस्तो शक्तिमा बदल्नुस्, जसले भाइरसलाई परास्त गर्न सकोस्। यो दुःखमा तपाईं एक्लो हुनुहुन्न,’ मिङजुनले भनिन्