इटालीका ८१ वर्षीय मोरान्डी भन्छन्- पृथ्वीकै सुरक्षित स्थानमा छु

सेतोपाटी

काठमाडौं

आजका दिनसम्म कोरोना भाइरसले संसारमै सबभन्दा धेरै क्षति इटालीमा गरेको छ। लक-डाउन हुँदा धेरै मान्छे एक्लै बस्न परेर तनावग्रस्त छन्। इटालीकै ८१ वर्षीय माउरो मोरान्डीलाई यो सबैले केही प्रभाव पारेको छैन। न उनलाई त्रास छ, न एक्लोपनको चिन्ता। तीस वर्ष बढी भयो उनी एक्लै बसेको। घरमा होइन, सिंगो टापूकै उनी एक्ला बासिन्दा। 

इटाली, उत्तरी सार्डिनियाको सुन्दर बुडेली टापूमा उनले आफ्ना जीवनका तीन दशक एक्लै बिताएका छन्। केही साताअघिदेखि उनी यही टापूमा बनेको आफ्नो सानो कुटीबाट संसारमा फैलिएको कोरोना त्रास नियालिरहेका छन्। मोरान्डी आफ्नै खुसीले एकान्तमा बसेका हुन्।

प्रकाशित मिति: : 2020-03-29 20:13:12

प्रतिकृया दिनुहोस्