लकडाउनको मारमा ज्यालादारी : पानीको पनि पैसा पर्छ, के खाने सरकार ?

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग गरिबको घर–आगनमा भोकमरीले पनि डेरा जमाउन थालेको छ । कोभिड– १९को महामारीबाट जोगिन नेपाल सरकारले गत मङ्गलबारदेखि देशभर साताव्यापी लकडाउन जारी राखेको छ । त्यसयता नागरिकहरुको दैनिकी घरको दैलोभित्रै सीमित हुन पुगेको छ । दैलोभित्रको दैनिकीले मजदुरी गरी गुजारा चलाउनेहरुको बस्तीमा भोकमरीले पाइला टेक्न थालेको छ ।

शुक्रबार रातोपाटीले काठमाडौँमा ठेला चलाएर दैनिकी चलाउँदै आएका मजदुरको अवस्था बुझ्ने क्रममा सिन्धुपाल्चोकका छत्र कार्की भेटिए । काठमाडौंको नयाँ बानेश्वरलाई कर्मथलो बनाएका छत्रले यसअघि खानकै लागि कसैलाई गुहार्नुपरेको थिएन । १५ घण्टा जोतिएर भए पनि उनले जेन, तेन परिवार पालेकै थिए । तर मंगलबारको रातिबाट उनको मनमा बेचैनी तुफान चलिरहेको छ ।

प्रकाशित मिति: : 2020-03-29 03:15:17

प्रतिकृया दिनुहोस्