सोमबार, १५ डिसेम्बर २०२५

सम्झौता गर्न सिकौं...

प्रितम पाण्डे

प्रितम पाण्डे

(म्यान्मार)
News Image
• • •

आकाश गंगाका 
अनगन्ति ताराहरूको 
गन्ति  लगा‌उँला म

तर मेरो मायाको
अनगिनत गन्ति भने
लगाउन सक्दिन म

मायाको गन्ति कसरी गरूँ म
जो माया रोम रोममा समाएको छ
नशा नशामा दौडिरहेको छ।

हर स्वास प्रस्वासमा तिम्रै छ नाम
हर मुटुको कंपनमा तिम्रै  छ नाम
रगतको नालीमा तिम्रै नाम पौडिरहेको छ।

रगत थियो चोखो मेरो
भावना थियो शुद्ध मेरो
बिना अर्थ गर्‍यौ नि तिरष्कार किन?

हिँडने मान्छे लड्दछ 
बोल्ने मान्छे बिराउँछ 
बुझेर सम्झौता गर्ने मान्छेलाई
यहाँ श्रेष्ठ र महान बनाउँछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!