कतारबाट आएकी कोरोना सङ्क्रमित युवतीसँगै आएका फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ।
युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।
कोरोना सङ्क्रमित युवतीसँंगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।